मयूरको मासु खाएको भिडियो बनाउने भारतीय युट्युबर पक्राउ « Khabarhub

मयूरको मासु खाएको भिडियो बनाउने भारतीय युट्युबर पक्राउ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – देशको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ ।

भारतमा रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् । दक्षिणी राज्य तेलङ्गानाका प्रहरी उपरीक्षक अखिल महाजनले भने, “उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् र उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्नेछ ।”

कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भिडियोमा उनले मयुरको मासु पकाइरहेको र यो ‘कथित रूपमा धेरै दर्शक आकर्षित गर्नका लागि स्टन्ट गरिएको थियो ।’ “यद्यपि प्रतिक्रिया उनको अपेक्षाभन्दा धेरै टाढा थियो”, अखबारले भनेको छ, “सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडियोको निन्दा गर्दै कुमारमाथि अवैध वन्यजन्तुको उपभोगलाई बढावा दिएको र राष्ट्रिय प्रतीकको अनादर गरेको आरोप लगाएका छन् ।”

भालेमा आफ्नो चम्किलो नीलो रङ र शानदार प्वाँखले चिनिने भारतीय मयूरले भारतमा विशेष प्रतीकात्मक महत्त्व राख्दछ ।रत्नजडित मयूर चित्रण गरिएकाले भारतको मुगल शासक वंशको सिंहासनलाई मयूर सिंहासन पनि भनिन्थ्यो । मयूर कुनै समय उत्तरी भारतीय मैदानहरूमा ठूलो सङ्ख्यामा रहेका थिए ।

पछिल्ला केही दशकमा तीव्र सहरीकरण र बासस्थानको क्षतिले जङ्गलमा मयूरको सङख्या धेरै घटेको छ । वन्यजन्तु कानूनहरूअन्तर्गत कडा सजाय र जरिवानाको साथमा यिनीहरूलाई शिकार वा हानि हुनबाट जोगाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ५६ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक