ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प « Khabarhub

ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिससँग एउटै फोरममा बहस गर्न रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्।

मंगलबार फिलाडेल्फियामा भएको पहिलो बहसको २ दिनपछि आफ्नो जीत निश्चित देखेर ह्यारिसले बारम्बार अर्को बहसको चाहना राखेको दाबी गरे। ट्रम्पले यस्तो दाबी गरे पनि मङ्गलबारको सो बहसपछि धेरैले ह्यारिसले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

नर्थ क्यारोलीनामा भएको कार्यक्रमपछि ह्यारिसले भने मतदाताले नै अर्को एक पटक फेरि बहस चाहेकाले यो आवश्यक रहेको बताएकी छिन्। दुई महिनापछि हुने निर्वाचनमा दुई उम्मेदवारको तीव्र र कडा प्रतिस्पर्धा हुने धेरै सर्वेक्षणले देखाएका छन्।

मङ्गलबारको बहसमा दुवैले सफलता पाएको दाबी गरेका छन्। सो बहसमा ह्यारिस आक्रामक भए पनि ट्रम्प रक्षात्मक भएका थिए। ट्रम्प उनका समर्थकले कार्यक्रम सञ्चालक नै पूर्वाग्रही भएर ह्यारिसको पक्षमा रहेको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब पहिलोमा कसैले हार्छ तत्काल उसको चाहना रिम्याचका लागि हुन्छ।’

ह्यारिसप्रति उनको पोस्ट साँच्चै आक्रामक थियो। थप लेखेका छन्, ‘सर्वेक्षणले देखाइ सकेको छ। कि मैले डेमोक्र्याटिक रेडिकल वामपन्थी उम्मेदवार कमरेड कमला ह्यारिसलाई जिती सकेको छु। यसै कारण उनले दोस्रो बहसको चाहना राखेकी हुन्।’

एरिजोनामा भएको पहिलो कार्यक्रमपछि ट्रम्पले सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै पहिलो बहसमा सबै विषयमा कुरा भइसकेका कारण दोस्रो बहस आवश्यक नभएको बताएका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : ०६ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई