ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प | Khabarhub Khabarhub

ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिससँग एउटै फोरममा बहस गर्न रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्।

मंगलबार फिलाडेल्फियामा भएको पहिलो बहसको २ दिनपछि आफ्नो जीत निश्चित देखेर ह्यारिसले बारम्बार अर्को बहसको चाहना राखेको दाबी गरे। ट्रम्पले यस्तो दाबी गरे पनि मङ्गलबारको सो बहसपछि धेरैले ह्यारिसले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

नर्थ क्यारोलीनामा भएको कार्यक्रमपछि ह्यारिसले भने मतदाताले नै अर्को एक पटक फेरि बहस चाहेकाले यो आवश्यक रहेको बताएकी छिन्। दुई महिनापछि हुने निर्वाचनमा दुई उम्मेदवारको तीव्र र कडा प्रतिस्पर्धा हुने धेरै सर्वेक्षणले देखाएका छन्।

मङ्गलबारको बहसमा दुवैले सफलता पाएको दाबी गरेका छन्। सो बहसमा ह्यारिस आक्रामक भए पनि ट्रम्प रक्षात्मक भएका थिए। ट्रम्प उनका समर्थकले कार्यक्रम सञ्चालक नै पूर्वाग्रही भएर ह्यारिसको पक्षमा रहेको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब पहिलोमा कसैले हार्छ तत्काल उसको चाहना रिम्याचका लागि हुन्छ।’

ह्यारिसप्रति उनको पोस्ट साँच्चै आक्रामक थियो। थप लेखेका छन्, ‘सर्वेक्षणले देखाइ सकेको छ। कि मैले डेमोक्र्याटिक रेडिकल वामपन्थी उम्मेदवार कमरेड कमला ह्यारिसलाई जिती सकेको छु। यसै कारण उनले दोस्रो बहसको चाहना राखेकी हुन्।’

एरिजोनामा भएको पहिलो कार्यक्रमपछि ट्रम्पले सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै पहिलो बहसमा सबै विषयमा कुरा भइसकेका कारण दोस्रो बहस आवश्यक नभएको बताएका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : ०६ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना