आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते « Khabarhub

आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएकी छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्या गएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

उक्त दुर्घटनामा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ । मृतक एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

आमालाई पशुपति दर्शन गराएकी थिइन्

गाउँपालिका उपाध्यक्ष भुपेन्द्राले पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराएकी थिइन् । उनले बुवा बितेपछि एक्लै परेकी आमालाई काठमाडौं घुमाउन ल्याएकी थिइन् ।

पशुपति परिसरस्थित बागमती नदी क्षेत्रमा उनले आमालाई घुमाएको भिडियो भुपेन्द्राले सामाजिक सञ्जालमा राखेकी छन् । त्यसैगरी उनले आमालाई वसन्तपुरसहितका स्थानमा पनि घुमाएकी थिइन् ।

सात वर्षअघि नै बुवालाई गुमाएकी उनले आमा नै आफ्ना लागि सबथोक भएको बताउने गरेकी थिइन् ।

पाँच दिनअघि उनले आमालाई पशुपतिनाथ क्षेत्रमा घुमाइरहेको भिडियोमा प्रशंसासहितको गीत पनि राखेकी थिइन् ।

जसमा भनिएको थियो, ‘एक्लै धर्ती टेकायौ आमा, संसार देखायौ, आमा तिम्ले बोल्न सिकायौ, आमा चल्न सिकायौ…’

भुपेन्द्राले फेसबुकमा राखेको पोस्टअनुसार उनी आमाको खुट्टामा समस्या थियो । उनले आमालाई उपचारका लागि अस्पतालमा पनि राखेकी थिइन् । उपचारपछि उनले आमालाई साथमै लिएर पालिका फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।

७ वर्षअघि नै बुवालाई गुमाइसकेकी उनले ६१ वर्षीय आमाको स्याहारदेखि हेरचाह आफैं गर्दै आएकी थिइन् । तर उनीहरू दुवैजना काठमाडौंबाट फर्किने क्रममा घर टेक्नै नपाई दुर्घटनामा एकसाथ बितेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : ०२ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत