धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा | Khabarhub Khabarhub

धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा

कुम्भराज भन्छन् : धनराज र ज्योतिले मलाई डुबाए


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा आफ्नो संलग्नता नभई पूर्वपत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ९१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ ।

उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार धनराजले ९१ लाख २५ हजार ६४६ रुपैयाँ ऋण गत वैशाख र जेठका विभिन्न मितिमा तिरेका हुन् । धनराजका नाममा तिरिएको ऋणको भौचर खबरहबलाई प्राप्त भएको छ ।

उनले त्यसपछि अरू रकम भने नतिरेको कुम्भराजले खबरहबलाई बताएका छन् । आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको दाबी कुम्भराजले गरे ।

धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार खबरहबको सम्पर्कमा आएका कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ९१ लाख रुपैयाँ  धनराजले पठाएको दाबी गरे ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ।’

संसदीय छानविन समितिमा उजुरी

धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको उजुरी कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सहकारी संस्थाको बचत हिनामिना छानबिनका लागि एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा बनेको संसदीय समितिमा पनि उजुरी दिएका छन् ।

सहकारी छानबिन संसदीय समितिका एक सदस्यका अनुसार कुम्भराजले जेठ ६ गते समितिको ४४ औँ बैठकमा पनि धनराजले सहकारीको केही रकम तिरेको बताएका थिए । तर अझै ठूलो परिमाणको रकम तिर्न बाँकी रहेको बयान उनले समितिसमक्ष दिएका थिए ।

धनराज र ज्योतिले आफूलाई स्वर्ग जाने बोलामा पीडा दिएकाले न्याय खोजेको बताए । अब आफूलाई संसदीय समिति र सरकारले न्याय दिनुपर्ने पनि उनले याचना गरे ।

‘जनताको रकम लुटेर सम्बन्ध विच्छेद गर्ने अनि श्रीमती विदेश पठायो भन्ने ? मलाई त नराम्रो गरे रे ! उनकै श्रीमतीको समेत धनराजले चरित्र हत्या गरे’, उनले अगाडि भने, ‘अरूको इज्जत फाल्छु भन्दा आफ्नै श्रीमतीको इज्जत फ्याँके । म बुढो मान्छेलाई फसाउन शक्तिको सहारा लिए । यस्ता हुन्छन् सादगी नेता ?’

तर धनराजले आफूले ०७६ सालबाटै श्रीमतीसँग डिभोर्स भएकाले आफूलाई कुनै जानकारी नभएको खबरहबसँग बताइसकेका छन् ।

यता कुम्भराज भने शक्तिमा हुनेले आफूलाई बर्बाद बनाएको बताए । ‘ठूला मान्छेको संरक्षणमा धनराज परेकाले मलाई मारमा पारिरहेका छन्’, उनले भने ।

कुम्भराज धनराजले बोलिरहेका ८० प्रतिशत कुरा गलत भएको दाबी गरेका छन् ।

ज्योति गुरुङसहित पाँचजनाविरुद्ध जाहेरी

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना प्रकरणमा कुम्भराजले ज्योति गुरुङसहित पाँचजनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी हालेका थिए ।

कुम्भराजकोतर्फबाट मितेरीका सचिव बोधविक्रम थापाले जाहेरी हालेका थिए । थापाले कांग्रेस उपसभापति धनराज गुरुङ पत्नी ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी दिएका थिए । ज्योतिबाहेकका अन्य उक्त सहकारीमै कर्मचारीको भूमिकामा थिए ।

कुम्भराज यसअघि सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिमा बयान दिने क्रममा कांग्रेस उपसभापति गुरुङको समेत संलग्नतामा ठगी भएको बताएका थिए ।

कुम्भराजले ज्योति र धनराजले अपचलन भएको करिब १५ करोड रुपैयाँ फिर्ता गर्ने सहमति भएको बताएका थिए । उनकै अनुसार उक्त सहमतिअनुसार नै ९१ लाख रुपैयाँ फिर्ता भएको हो ।

सम्पादित : यसै समाचार शीर्षकमा ९१ लाख रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइइएको छ । -सम्पादक

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ३५ बजे

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

बेरूत– लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी– अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो

काठमाडौं- देशभर संविधान दिवस मनाइरहँदा मधेशवादी नेता राजेन्द्र महतो भने

मधेश प्रदेशमा पहिलो पटक मनाइयो संविधान दिवस

जनकपुरधाम– मधेश सरकार गठनको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक