वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग « Khabarhub

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि भएको धनजनको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त भएको, बस्ती डुबानमा परेको, सडक–पुल बगेको र नागरिकहरू सम्पर्कविहीन भएको उल्लेख गर्दै जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी हुन्  ।

उनले स्याङ्जा र गुल्मीबीचको आवागमन सहज बनाउन कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरिन् । 

बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य युद्धस्तरमा अघि बढाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाद्यान्न, आवास, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न उनले आग्रह गरिन् । 

उनले तटीय तथा जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि तीनै तहको समन्वयमा दीर्घकालीन सुरक्षित पुनर्स्थापनाको राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्ने र विपद्सँग सम्बन्धित कानुनी अड्चन फुकाउन शीघ्र कानुन बनाउनुपर्ने धारणा राखिन् । 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : ४१ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र