अर्की मिस नेपालले पनि खेल्ने भइन् फिल्म « Khabarhub

अर्की मिस नेपालले पनि खेल्ने भइन् फिल्म


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमिस नेपाल नम्रता श्रेष्ठले फिल्म ‘रंगी’ खेल्ने भएकी छन् । मिस नेपालको उपाधि जितेको ४ वर्षपछि उनले फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

निर्माण पक्षसँग उनको कागजी सम्झौता भइसकेको छ । आफूलाई प्रस्ताव गरिएको भूमिका मन परेकालो फिल्म खेल्ने मनस्थिति बनाएको उनले बताइन् ।

‘स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, नम्रता भन्छिन् ।

अनुबन्ध भएसँगै नम्रताले पहिला एक वेभ सिरिजमा प्रस्ताव आए पनि विवादास्पद भूमिका महसुस भएर काम नगरेको खुलाइन् । भन्छिन्, ‘म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर भएकाले विवाद आउँछ भनेर काम गरिनँ ।’

नम्रता मिस वर्ल्ड नेपाल २०२० की विजेता हुन् । त्यसअघि उनी किन्डरगार्डेन शिक्षिका थिइन् ।

केही पूर्वमिस नेपालहरु अहिले पनि फिल्ममा सक्रिय छन् । अब फिल्म क्षेत्रले अर्को मिस नेपाललाई पनि पाउने पक्का भएको हो ।

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको थियो । उक्त पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र एक पुरुष प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सूर्यास्त देख्न सकिन्छ ।

टाइटल पोस्टरबाट फिल्म सोसल ड्रामा जनरामा बन्ने अनुमान गर्न सकिन्छ ।

‘रंगी’ सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको हो । यस फिल्मबाटै सुरेश न्यौपानले फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ ।

सुमन गजमेरको लेखन रहने यस फिल्मको निर्माता सक्षम सुवेदी हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ४९ बजे

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन