राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ | Khabarhub Khabarhub

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन् ।

६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्‌घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमानदार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राखे। अस्थिर राजनीतिका कारण जनतामा उदासिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताए।

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

रेडियो नेपाल र बाल संगठनको सहकार्यमा बालगीत प्रतियोगिता-२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिए।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताए। बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए । 

नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिकाको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे । 

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरूले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताए। बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।  

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : २३ बजे

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही