वीर अस्पतालमा जलनको उपचार सुरु « Khabarhub

वीर अस्पतालमा जलनको उपचार सुरु


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका हुन् । 

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए ।

उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए । मन्त्री पौडेलले सबै टिकटहरूलाई अनलाइन प्रणालीमार्फत लैजान निर्देशन पनि दिए ।

 २०७२ को विकासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ४६ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको