४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा « Khabarhub

४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गरेका छन् । युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । 

सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् । रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । 

जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’ लगायतका सर्वसधारणहरू फर्किएका थिए । 

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताए ।

एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए । 

‘अन्ततः म घरमा छु, मलाई विश्वास भइरहेको छैन’, युक्रेनको नेसनल गार्डको सशस्त्र वाहनका कमान्डर २८ वर्षीया तमारा मिरोशनिकोभाले भने । 

अजोभास्टलका लागि लडेकी अर्की २९ वर्षीया महिला टेटियाना बुगायले उनी अजोभ ब्रिगेडमा चिकित्सक रहेको बताए । 

यसअघि एएफपीले युक्रेनी सेनाले एउटा बसमा रुसी युद्धबन्दीहरूलाई लैजाँदै गरेको देखेको थियो । केहीले आफ्नो अनुहार लुकाउन हुड लगाएका थिए । एउटा मिनिभ्यानमा राख्दा उनीहरूको हुड हटाइएको थियो ।

एएफपीले तीमध्ये केहीसँग संक्षिप्त कुरा गरेको थियो र बोल्ने सबैले उनीहरूलाई गत महिना युक्रेनको आश्चर्यजनक कुर्स्क आक्रमणमा बन्दी बनाइएको बताएका थिए । 

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ६ : १२ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी