नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड « Khabarhub

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि देशमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । 

नेपाल उद्योग परिसङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा उनले पूर्वाधार विकासका लागि देशमा बन्दै गएको लगानीमैत्री वातावरणलाई अझै बढाएर लैजानुपर्ने बताए । 

नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको भन्दै प्रचण्डले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए ।  

‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौँ । त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रूपान्तरणका काम अघि बढ्न नसके पनि हामीले जतिसक्यो राम्रो गर्ने प्रयास गरि नै गरिरहेका छौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘ मैले सरकारको नेतृत्व गरेको बेलामा लगानीमैत्री वातावरण बनाउन अत्याधिक प्रयत्न गरेँ ।’

देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्वपूर्ण प्रतिनिधित्व रहेको बताए । 

‘त्यसको महत्वपूर्ण निष्कर्ष हामीलाई प्राप्त भएको थियो । अहिले भएको नेपाल पूर्वाधार सम्मेलनले पनि पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छु,’ प्रचण्डले भने, ‘यसको निष्कर्षलाई राज्यले पनि त्यत्तिकै गम्भीरतापूर्वक लिने छ भन्ने मैले विश्वास लिएको छु ।’

प्रचण्डले आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले लगानीमैत्री बनाउन र आर्थिक रूपान्तरणमा योगदान दिन लागिरहने प्रतिबद्धता व्यक्त गरे । 

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाल उद्योग परिसङ्घले सन् २०१४ देखि अहिले सम्म नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण सम्पन्न गरेको भन्दै उनले आयोजकलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : २५ बजे

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्