दुई अन्तरिक्षयात्रीले गरे पृथ्वीबाट ७०० किलोमिटरमाथि ‘स्पेसवाक’ « Khabarhub

दुई अन्तरिक्षयात्रीले गरे पृथ्वीबाट ७०० किलोमिटरमाथि ‘स्पेसवाक’

२५ हजार किलोमिटर प्रतिघण्टाभन्दा बढी स्पेसएक्सको गति


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही सेप्टेम्बर १२ (बिहीबार) मा एलोन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीले पृथ्वीबाट करिब ७०० किलोमिटरमाथि ‘स्पेसवाक’ गरेका छन् ।

‘स्पेसवाक’को समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो ‘स्पेसवाक’ हो  ।

पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा गएका छन् । यीमध्ये दुई अन्तरिक्ष यात्री, मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस, करिब १० मिनेटको लागि अन्तरिक्ष वाकमा बाहिरिए ।

स्पेसवाकपछि, अन्तरिक्ष यानको ह्याच बन्द भयो । यो ५ दिने मिसनमा अन्तरिक्ष यात्रीहरू ५० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तरिक्ष यात्री नपुगेको कक्षमा पुगेका छन् । एलोन मस्कको कम्पनीको फाल्कन–९ रकेटबाट मिसन प्रक्षेपण गरिएको हो ।

स्पेसवाकअघि, चालक दलले ‘प्रि-ब्रेथ’ प्रक्रिया गरे । यस प्रक्रियामा, केबिन शुद्ध अक्सिजनले भरिएको थियो र नाइट्रोजनको सूक्ष्म कण पनि हटाइयो ।

यदि नाइट्रोजन अन्तरिक्ष यात्रीको रगतप्रवाहमा पुग्छ भने तिनीहरू अन्तरिक्षमा हुँदा यसले रक्त प्रवाहमा अवरोध ल्याउन सक्छ।
यसमा, चापमा द्रुत कमीको कारण, रगत वा तन्तुमा हावाका बुलबुले बन्छन् ।

यस मिशनको उद्देश्य पहिलो निजी बाह्य गतिविधि (स्पेसवाक) थियो । साथै मानव स्वास्थ्य सम्बन्धी ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिनेछ । यसबाहेक, स्टारलिङ्कको लेजरमा आधारित सञ्चार अन्तरिक्षमा परीक्षण गरिनेछ।  -दैनिकभास्करबाट

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : २२ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा