सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल « Khabarhub

सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताएका छन् । 

शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ‘सन्देश सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाइको दम्भमा संविधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई आग्रह गरे । 

उनले संविधान संसोधन गरेर साना पार्टी सक्ने एमाले उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे । अध्यक्ष नेपालले नेपालमा पहिलोचोटि समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दावी गरेका छन् । 

कम्युनिष्ट पार्टी मध्ये आफ्नो पार्टीले नेपालमा पहिलो चोटी समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।

सन्देश सभामा उपाध्यक्ष जगन्नाथ खतिवडा, पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी संविधानसभा सदस्य दुर्गा परियार, केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, पूर्व कोशी प्रदेशसभा सदस्य सुनिता चौधरी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु