अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत « Khabarhub

अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन् ।

नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र)लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताए ।

“जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र)सँगको सहकार्यमा कांग्रेसले त्याग गर्दै आए पनि जथाभावी बजेट बाड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो” उनले भने, “एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।”

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताए। अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उनको दाबी छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ९ : ०६ बजे

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता