अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत « Khabarhub

अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन् ।

नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र)लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताए ।

“जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र)सँगको सहकार्यमा कांग्रेसले त्याग गर्दै आए पनि जथाभावी बजेट बाड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो” उनले भने, “एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।”

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताए। अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उनको दाबी छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ०६ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि