समाचार

भोटेकोसीमा खसेका गाडी भेटियो

By खबरहब

September 13, 2024

काठमाडौं – सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ ।

बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको बा २० च २१८५ नम्बरको बोलेरो गाडी भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार क्रेनको सहयोगबाट खोज्नेक्रममा नदीमा खसेको गाडी फेला परेको हो । गाडी साँझ नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गाडी कसले चलाएको, यो गाडी कसको हो अझै केही नखुलेको उनले बताए । गाडीमा रहेका यात्रुको अवस्था अज्ञाात छ ।