नेपाली सेनालाई स्वर्ण पदक | Khabarhub Khabarhub

नेपाली सेनालाई स्वर्ण पदक


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुने निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो। यस वर्ष प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानिया सम्मानित अतिथिका रुपमा सहभागी थिए।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ४८ बजे

एनपीएल : सोमबारलाई ‘ब्रेक’, मंगलबार दुई खेल हुँदै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कुनै पनि

बराबरीमा रोकियो आर्सनल

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा आर्सनल र

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चेल्सीको उत्कृष्ट पुनरागमन जित : विपक्षीको पोस्टमा गर्यो चार गोल

काठमाडौं – टोटनहाम हस्टस्पर्ससँग २ गोलले पछिपरेको अवस्था उल्ट्याउँदै चेल्सीले