भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या « Khabarhub

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।

मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर निर्मल नगरको कोलगेट मैदान नजिकै उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए।

करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए।

गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पताल लगिएको थियो तर चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र