चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट « Khabarhub

चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बडादशैँलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा तीन लाख रुपैयाँ बढीको सामान नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए ।

तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दशैँको बिदा हुने अघिल्लो दिनसम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

त्यसक्रममा पकाएर खाने झिलिङ्गा, आलुचप, ललिपपजस्ता तारेका र भुटेका खानेकुरामा ‘फुड कलर’ भनेर चिनिने ‘कोलटार’ रङ प्रयोग गर्नेलाई चेतावनीसहित यस्ता कार्य नगर्न भनिएको थियो ।

यस्तै व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्यसूची नराखेका, म्याद गुज्रिएका सामान प्रयोग गरेका, लेबल स्पष्ट नभएका सामान बिक्री वितरण गर्ने व्यावसायिक फर्मलाई तीन हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको डिभिजन प्रमुख आचार्यले जानकारी दिए । असोज पहिलो सातादेखि नै बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको थियो ।

गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको क्षेत्र नवलपुरको विनयी त्रिवेणीसम्म बजार अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ११ : ०९ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका