चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट « Khabarhub

चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बडादशैँलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा तीन लाख रुपैयाँ बढीको सामान नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए ।

तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दशैँको बिदा हुने अघिल्लो दिनसम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

त्यसक्रममा पकाएर खाने झिलिङ्गा, आलुचप, ललिपपजस्ता तारेका र भुटेका खानेकुरामा ‘फुड कलर’ भनेर चिनिने ‘कोलटार’ रङ प्रयोग गर्नेलाई चेतावनीसहित यस्ता कार्य नगर्न भनिएको थियो ।

यस्तै व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्यसूची नराखेका, म्याद गुज्रिएका सामान प्रयोग गरेका, लेबल स्पष्ट नभएका सामान बिक्री वितरण गर्ने व्यावसायिक फर्मलाई तीन हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको डिभिजन प्रमुख आचार्यले जानकारी दिए । असोज पहिलो सातादेखि नै बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको थियो ।

गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको क्षेत्र नवलपुरको विनयी त्रिवेणीसम्म बजार अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ११ : ०९ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र