फाइल फोटो

देश/प्रदेश

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

By खबरहब

October 13, 2024

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।

 गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक  योजना सम्पन्न भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिइन्। 

प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत  योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित, पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् । 

आर्थिक वर्ष २०८०-८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएको छ ।