फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब « Khabarhub

फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लण्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनहाम हस्टस्पर्सलाई १-० ले हराएको छ।

जितसहित सो टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। फरेस्टलाई जित दिलाउने क्रममा एन्थोनी एलेन्गाले २८ औं मिनेटमा गोल गरे। उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। साथै फरेस्टले सन् १९९५ पछि लगातार पहिलो पटक लगातार चार खेलमा जित हात पारेको हो।

म्यानचेस्टर सिटी भने खराब लयमा नै गुज्रिरहेको छ। बिहीबार नै भएको प्रिमियर सिपको खेलमा एर्लिङ हलन्डको पेनाल्टी प्रहार जोर्डन पिकफोर्डले बचाएपछि सिटी एभरटनसँग घरेलु भूमिमै १-१ को बराबरीमा रोकियो। सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १३ खेलमा एक खेलमा मात्र जित हात पार्न सफल भएको छ।

सिटीका लागि १४ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेका थिए। यसैगरी, इलिमान नादियले ३६ औँ मिनेटमा एभरटनका लागि गोल गरे।

प्रिमियर सिपै बोर्नमाउथ र क्रिस्टल प्यालेसको खेलमा गोलरहित बराबरी भयो। फुलहामले चेल्सीलाई २-१ ले हरायो भने न्युक्याशल अस्टनभिल्लामाथि ३-० को जित हात पार्न सफल भयो।

सो खेलको ८० सेकेन्डमा एन्थोनी एर्डानको गोलमा न्यु क्याशलले अग्रता लिएको थियो। ३२ औं मिनेटमा जोन डुरानले दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएपछि अस्टन भिल्लाको संकट थपिएको थियो। अलेक्जेन्डर इसाक र जोलिन्टनले सो खेलमा थप गोल गरे। वेस्ट हामले साउथहाम्टनलाई १-० तथा शीर्ष स्थानको लिभरपुलले लिसेसटरलाई ३-१ ले हराए।

म्यानचेस्टर युनाइटेड भने उल्भ्ससँग २-० ले पराजित भएको छ। सो खेलमा म्यानचेस्टरका कप्तान ब्रुनो फर्नान्डेजले रातो कार्ड समेत पाए। उनी यसरी रातो कार्ड पाएको सिजनको तेस्रो पटक हो। ५८ औँ मिनेटमा म्याथ्युज चुनाको गोलमा अग्रता लिएको उल्भ्सका लागि इन्जुरी समयको नवौँ मिनेटमा ह्वाङ हे चानले गोल गरे।

तालिकामा लिभरपुलको ३२, चेल्सीको ३५ तथा नटिङघम फरेस्टको ३४ अङ्क छ। एक खेल कम खेलेको आर्सनलको ३३ अङ्क छ। पाँचौँ स्थानमा रहेको न्युक्याशल र बोर्नमाउथको २९ अङ्क छ। म्यानचेस्टर सिटी, फुलहाम र अस्टन भिल्लाको २८ अङ्क छ। म्यानचेस्टर युनाइटेड २२ अङ्कसहित १४ औं स्थानमा छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : २३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती