चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा | Khabarhub Khabarhub

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।

भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्‍याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए। जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए। भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ । 

जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थल भेरी नदी माथीको पुल भने अझै निर्माण हुन सकेको छैन । 

क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो । पुल निर्माण नहुँदा झोलुङ्गे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताए।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : २० बजे

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट