महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित « Khabarhub

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको इङल्याण्डले १० ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

यो जितपछि समुह बी मा इङल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै स्कटल्याण्डले भने लगातार चौथो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । समुह बी बाट बंगलादेशपनि ४ खेलमा २ अंक हासिल गर्दै चौथो स्थानमा रहेर सेमीफाइनलको दौडबाट बाहिरिएको छ ।

अब इङल्याण्डले समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग मंगलबार खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको