आज २०८१ साल कात्तिक २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २८ गते बुधबारको राशिफल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २८ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर १३ तारिख। कात्तिक शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत, रुरु क्षेत्रमा ऋषिकेश उत्सव यात्रा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ। हरेक काममा आफ्नै अल्छीपनले अवरोध गर्नेछ। निजी काममा भन्दा राजनीतिक क्षेत्रमा मन जानेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सहज छ। शुभकार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन्। बन्धुको साथ मिल्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ।

कर्कट : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ। स्वास्थ्यले राम्रो साथ दिनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने छ।

सिंह : दैनिकी सहज छ। परिवारले निगरानी गरेको देखिन्छ। साथी र संगठनले साथ दिनेछन्। व्यापारमा अघि बढ्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

कन्या : बोलीको प्रभावले राम्रो काम बन्नेछ। साथी र संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ। इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ। अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर भएको थाहा नहुने जोखिम छ। औषधीको नियमिततामा भने ख्याल गर्नुपर्नेछ।

वृश्चिक : दिन सहज छ। समाजमा थोरै बोलेर जित्ने योग छ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ। परिवारले असहयोग गर्ने जोखिम छ।

धनु : साथीमार्फत् काम गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। आफ्ना बन्धु र दिदीबहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। बढी विश्वास गर्नाले घात हुने भएकाले कर्तव्य मात्र पूरा गर्नु फाइदा हुनेछ।

कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। मनमा खटपटी हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुने योग छ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ। प्रेममा खटपटी हुने जोखिम छ।

मीन : मनमा राम्रो विचारको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ०४ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा