जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका « Khabarhub

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण जिम्मेवारी चयन गर्नका व्यस्त छन्। ट्रम्पले चुनाव जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कलाई विशेष जिम्मेवारी दिएका छन्। ट्रम्पले रिपब्लिकबाट उम्मेदवारी दाबी गरेका विवेक रामाश्वामी र मस्का लागि नयाँ विभागको जिम्मेवारी दिएका हुन्। उनले रामाश्वामी र मस्कका लागि डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सीको नेतृत्व दिएका हुन्। अन्त्यन्त महत्त्वकांक्षी मानिएको यो परियोजनाको समय ४ जुलाई २०२६ सम्मको छ।

कर्मचारीतन्त्र, खेर गएका वस्तुको उपयोग गर्ने क्षेत्र तथा ‘सेभ अमेरिका’ अभियानमा सहयोगी हुने कुनै पनि क्षेत्रमा उनीहरूको उपस्थिति महत्त्वपूर्ण हुनसक्ने विश्वास गरिएको छ।

उनले पिटर हेगसेठलाई डिफेन्स सेक्रेटरीको रूपमा चयन गरेका छन्। आर्मी भेट्रान, फक्स न्युजका हस्ट तथा दुई सैन्य निकायका लागि सल्लाहकार समूहको प्रमुखको रूपमा काम गरेको अनुभव भएका उनी यस अघि मिनोस्टाको सिनेट सदस्यका लागि गरेको प्रयासमा असफल भएका थिए।

‘अमेरिका फस्टको अभियान सार्थक बनाउने काममा चयन गरिएका पिटर स्मार्ट, दृढ र विश्वास गर्न लायक व्यक्ति हुन्’, ट्रम्पबाट जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अमेरिकाका शत्रुका बारे पिटरलाई राम्रोसँग थाहा भएको तथा उनको कार्यकालमा अमेरिकाका सामु उसका शत्रु सहजै विफल हुने विश्वास ट्रम्पले राखेका छन्। अहिले रुस अमेरिका युद्ध र मध्यपूर्वका युद्ध चलिरहेको समयमा अमेरिकाको अबको नीतिका बारे चासो भइरहेको समयमा यो नियुक्ति महत्त्वपूर्ण मानिएको छ।

राष्ट्रिय गुप्तचरका निर्देशक जोन रेटक्लिफ सिआइएका प्रमुख चयन भएका छन्। यसैगरी ट्रम्पले माइक हुकाबीलाई इजरायलका लागि नयाँ राजदूत चयन गरे। माइक वाल्ज राष्ट्रिय सुरक्षा सल्लाहकार पनि चयन भइसकेका छन्। रेटक्लिप सन् २०१९ मा राष्ट्रिय राष्ट्रिय गुप्तचरको प्रमुख चयन भएका थिए। उनको नियुक्तिको दोस्रो दिन नै कङ्ग्रेसमा समेत यस विषयमा कुरा उठेको थियो। दुवै दलले उनको योग्यतामाथि प्रश्न उठाएपछि उनको नियुक्तिको निर्णय एक दिनमा नै फिर्ता गरिएको थियो। सन् २०२० मा उनलाई गलत व्यवहार गरिएकोमा पछुतो मान्दै ट्रम्पले अर्को पटक नियुक्त गरेका थिए।

 

५० वर्षीय सैन्य भेट्रान वाल्ज भने सेनामै लामो समय बिताएका व्यक्ति हुन्। उनले यसबीचमा मध्यपूर्व, अफगानिस्तान र अफ्रिकामा रहेर काम गरी सकेका छन्।

ट्रम्पले मध्यपूर्वको दूतमा रियल स्टेटका व्यापारी स्टिभ विकोटकोभलाई नियुक्त गरेका छन्। विटकोभ ट्रम्पको चुनावी अभियानमा मुख्य चन्दा दाता मध्येका एक थिए। ट्रम्पले ह्वाइट हाउस काउन्सेलमा विलियम जोसेफ म्याकगिन्लेलाई नियुक्त गरेका छन्। ट्रम्पले केही समय अघि मात्र दक्षिणी डाकोटाका गभर्नर क्रिस्टी नोयमलाई होमल्यान्ड सेक्युरिटी विभागको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। उनी यस पटक उपराष्ट्रपति पदको उम्मेदवार हुने समेत चर्चा चलेको थियो।

उनी राष्ट्रपति भएसँगै ट्रम्पको विरुद्धमा अदालतमा चलेको मुद्दाको फैसला मिति पर सरेको छ। १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरिएको छ। तस्बिर: रोयटर्स र गेट्टी इमेज

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ५५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि