दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन « Khabarhub

दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

इक्वेडर – इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ। कार दुर्घटनामा परेका उनको अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको थियो। उनी ७ अक्टोबरको दिन दुर्घटनामा परेका थिए।

इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै एङ्गुलोको निधन फुटबल क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ। मार्को राम्रो खेलाडी मात्र नभई राम्रो मानिस समेत भएको विज्ञप्तिमा जनाइएको छ।

क्लब इन्डिपिन्डिएन्टका रक्षक रोबर्टो काबेजासको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। अहिले मार्को आबद्ध क्लब सिनसिननाटीले विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई ठूलो क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

एङ्गुलोले यसअघि दुई पटक इक्वेडरका लागि अन्तर्राष्ट्रिय खेल खेलेका थिए। अस्ट्रेलिया र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि उनी टोलीमा समावेश थिए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : ४१ बजे

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ