कोशीमा पनि एमाले-कांग्रेसको राजनीतिक संयन्त्र, जिल्लामा पनि बनाइने « Khabarhub

कोशीमा पनि एमाले-कांग्रेसको राजनीतिक संयन्त्र, जिल्लामा पनि बनाइने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशको दुईदलीय संयन्त्रले एक हप्ता भित्र प्रदेशका सबै जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने  निर्णय गरेको छ ।  

कोशी प्रदेशको दुईदलीय संयन्त्रले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जनमुखी निणय र सुशासन प्रदान गर्न जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने  निर्णय गरेको जनाएको हो ।

एमाले र नेपाली कांग्रेसबीच संविधान संसोधन र आर्थिक सुधारको मुख्य एजेण्डा सहित केन्द्र र प्रदेशमा सरकार गठन भएपछि सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्र गठन गर्ने निर्णयसँगै कोशीमा पनि ६ सदस्यीय दुई दलीय संयन्त्र गठन गरिएको हो ।

कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिएर प्रदेशको आवश्यकता र औचित्यता पुष्टि गर्ने तथा अराजकता र भ्रष्टाचार अन्त्य गर्न संयन्त्रले काम गर्ने बताए। उनले कोशी प्रदेश संयन्त्रको पहिलो बैठकले मंसिर २९ गते विराटनगरमा जिल्ला संयन्त्रका सदस्यहरूको बैठक गर्ने निर्णय गरेको उनले बताए

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश तथा प्रदेश भित्र रहेका स्थानीय सरकारहरूलाई प्रभावकारी र जवाफदेही बनाउदै गठबन्धनलाई मजबुत बनाउने गरी अघि बढ्ने बताए ।

त्यस्तै कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संयन्त्रको सल्लाह सुझाव अनुसार प्रदेशको औचित्यता पुष्टि गर्ने गरी प्रदेश सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउने बताए ।

संयन्त्रमा एमालेका तर्फबाट एमाले कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कुमार कार्की र एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने कांग्रेसबाट कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई र महामन्त्री उमेश थापा रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ३३ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)