उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बर अवार्ड « Khabarhub

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बर अवार्ड


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग सङ्गठन मोरङले एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । सङ्गठनले उक्त अवार्ड एशिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक च्येम्बरलाई पछि पार्दै प्राप्त गरेको हो ।

कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कात्तिक २६ र २७ गते सिंगापुरमा भएको इकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्सको समापन समारोहमा सङ्गठनका अध्यक्ष राकेश सुरानाले अवार्ड ग्रहण गरे ।

क्यासी अवार्ड लोकल चेम्बर, बिग क्याटोगरीको उत्कृष्ट चेम्बरको अवार्ड र २ हजार अमेरिकी प्राप्त भएको डलर प्राप्त भएको सङ्गठनले जानकारी दिएको छ ।

सङ्गठनका अनुसार, क्यासीले चेम्बरहरूले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको वहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पुर्‍याएको टेवाका साथै समग्र आर्थिक एवम्‌ औद्योगिक विकासमा पुर्‍याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि क्यासी सदस्य रहेका २७ मुलुकका ८१ वटा व्यवसायिक सङ्गठनहरू प्रतिष्पर्धामा थिए । जसमा गतिविधि, दस्तावेज, औद्योगिक उत्थानका लागि गरेको कार्यक्रमका आधारमा उद्योग सङ्गठन मोरङ उत्कृष्ट हुन सफल भएको हो ।

सङ्गठनले अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै सङ्गठनका अध्यक्ष्ँ राकेश सुरानाले यसलाई कार्य समिति, सदस्य उद्योग प्रतिष्ठान, नेपाल उद्योग वाणिज्य महासंघका साथै सङ्गठनका शुभेच्छुकको सामूहिक प्रयासको प्रतिफलका रुपमा रहेको बताउँदै धन्यवाद दिए ।

उनले प्रदेश सरकारको आयोजना तथा सङ्गठनको सहसंयोजनमा २०८१ माघ ११ देखि १३ गते सम्म विराटनगरमा हुने कोशी प्रदेश लगानी सम्मेलन तथा विराट एक्स्पो २०२५ मा सहभागिताका लागि क्यासी कन्फेरेन्समा उपस्थित विभिन्न देशका व्यवसायीहरूलाई आमन्त्रण पनि गरेका छन्‌ ।

अध्यक्ष सुरानाको नेतृत्वमा सङ्गठनको प्रतिनिधिमण्डल कात्तिक २४ गते सिंगापुर गएको थियो । प्रतिनिधिमण्डल सङ्गठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्षत्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : २० बजे

बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार