बक्यौता नउठाई उद्योगमा बिजुली जोडिएपछि सर्वोच्चले बोलायो सरकारलाई « Khabarhub

बक्यौता नउठाई उद्योगमा बिजुली जोडिएपछि सर्वोच्चले बोलायो सरकारलाई


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिरणले काटेको लाइन जोड्ने निर्णयबारे सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ ।

सरकारको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा २४ घण्टाभित्र लाइन जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसविरुद्ध परेको रिटमा सुनुवाइका क्रममा सर्वोच्चले अन्तरिम आदेश दिनुअघि दुवै पक्षसँग छलफल गर्ने भएको हो ।

सर्वोच्चले दुवै पक्षसँग छलफल गरेपछि यस रिटबारे अन्तरिम आदेश दिने नदिने निर्णय गर्ने भएको छ । अधिवक्ता कँडेलले रिटबारे दुवै पक्षसँग छलफल गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिने नदिने टुंगो गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्देशनको आधारमा ऊर्जा मन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्व गठित जाँचबुझ आयोगको प्रतिवेदनसमेत सार्वजनिक गरिसकेका थिए ।

मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगहरूमा तत्काल बिद्युत जडान गर्ने निर्णय पनि गरिसकेको छ । तर बक्यौता नउठेको अवस्थामा सरकारको निर्णय रोक्न मागसहित सर्वोच्चमा रिट परेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : १० बजे

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका