कुलमानले भने- बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ « Khabarhub

कुलमानले भने- बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनमा परेका
३३९ उद्योगमध्ये अब बक्यौता तिर्न बाँकी उद्योगको संख्या ३९ वटा मात्रै रहेको बताएका छन् । त्यसमा पनि ७ वटा उद्योग प्रक्रिया अदालतको स्टे अर्डरमा रहेको पनि खुलाए ।

उनका अनुसार अहिलेसम्म २८ वटा उद्योगले कुनै पनि किस्ता नबुझाएको अवस्था रहेको खुलाए । ‘अहिलेसम्म २८ वटा उद्योगले एक किस्ता पनि तिरेका छैनन् । नेपाल सरकारको निर्देशनपछि यो पनि कार्यान्वयनको चरणमा छ । यदि यी २८ वटा उद्योगले १५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम दिनु भएन भने हामी प्रक्रियामा छौँ, लाइन काट्नुपर्ने अवस्था आउँछ ।’

उनले प्राधिकरणले दिएको ३ महिनाको भाका सकिए पनि नेपाल सरकारले निर्देशनअनुसार १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न कुरिरहेको बताए ।

‘अब प्राधिकरणको बक्यौता नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि दायित्वभित्र आएको छ । हामी सरकारको निर्देशनअनुसार १५ दिन पर्खिन्छौँ’, उनले भने, ‘१५ दिनभित्र बक्यौता रकम नउठेमा नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि उठाउन लाग्नेछन् भन्ने ठानेका छौँ । यदि २८ उद्योग तिर्न नआएमा विद्युत् प्राधिकरण आफ्नो नियमकानुन अनुसार अघि बढ्छ ।’

घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र नियमन आयोगको लिखित निर्देशनअनुसार तीन महिना समय दिएको बताए ।

‘अहिलेलाई नेपाल सरकारले १५ दिनको समय दिएको छ । त्यसअवधिमा पनि बुझाइएन भने यो कुरा सरकार, ऊर्जामन्त्रालय र प्राधिकरणको मात्रै विषय रहेन’, उनले भने, ‘यो जनसरोकारको विषय रहेकाले जनताले पनि गम्भीर रुपमा कुरा उठाउनेछन् भन्ने मलाई लागेको छ।’

उनले बक्यौताका नाममा अब लाइन काट्ने, जोड्ने कुरा बन्द गर्नुपर्ने बताए । ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ’, उनले भने, ‘अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ । अब १५ दिन कुरेर थप कमद चाल्छौँ ।’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ३२ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने