प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन « Khabarhub

प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण बिगारेको भनेर लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू देशमा औद्योगिक वातावरण हुनुपर्छ, उद्योग स्थापना हुनुपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।

त्यहीअनुसार विद्युत् प्राधिकरण लागिरहेको पनि उनले जानकारी दिएका छन् । ‘यसअघि लोड पनि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेसम्म जोड्नु हुँदैन भनेर विनियमावलीमा व्यवस्था गरेका थियौँ। बक्यौता भएकालाई थप लोड स्वीकृत नगर्ने भनेका थियौँ’, उनले भने, ‘तर त्यसलाई संशोधन गरेर हामीले पछिल्ला चार वर्षमा ८ सय मेगावाट लोड उद्योगका लागि स्वीकृत गरेका छौँ । करिब १३ सय मेगावाटको लोड हालसम्म उद्योगका लागि स्वीकृत भएको छ ।’

घिसिङले साधारण ग्राहकको भन्दा पनि औद्योगिक ग्राहकको शुल्क कम रहेको पनि बताएका छन् ।

‘हामीले उद्योग बढाउन प्राथमिकता दिएका छौँ । उद्योगका साथीहरू बक्यौता तिर्नेभन्दा विवादित बनाउने र राजनीतिकरण गर्ने काममा लाग्नु भएको छ’, उनले भने, ‘जुनबेला लाइन काटिन्छ अनि हल्ला सुरु हुन्छ । उद्योगले जति पनि उत्पादन गरेको हुन्छन्, कम्तीमा पनि एक महिनालाई पुग्ने हुन्छ । कुनै पनि उद्योग पूरा क्षमतामा चलेको हुँदैन । उहाँहरूको सामान जबसम्म विक्री हुन्न तबसम्म लाइन जोड्न आउनु हुन्न । तर सामान बिकिसकेपछि हल्ला सुरु हुन्छ ।’

उनले सामान बेचिसकेपछि उद्योगीहरू बेरोजगारी बढायो, उद्योग बन्द गरायो, नेपालको अर्थतन्त्र तहसनहस गरायो भनेर ‘इमोशनल ब्यालकमेलिङ’ गर्ने काममा लाग्ने गरेको बताए ।

‘ब्यापारी, उद्योगीको इमोशनल ब्ल्याकमेलिङले सरकारलाई दबाब बढाउँछ । सरकारले उद्योगीलाई हेर्नुपर्छ तर उद्योगीले तिर्नुपर्ने रकम तिर्नुपर्छ’, उनले भने, ‘बक्यौता असुली गरेर, हामीले ठूलो राजस्व उठाई नाफा कमाएको भन्ने आरोप लागेको छ। जुन बेला १७/१८ घण्टा लोडसेडिङ थियो, त्यसबेला सर्वसाधारणभन्दा धेरै बिजुली चलाएर फाइदा लिँदा पनि उद्योगीले बक्यौता तिर्दिनँ भन्नु गलत हो ।’

उनले बाँकी रहेको बक्यौता उठाइछाड्ने दृढता व्यक्त गरे । ‘यसमा दृढ छु, म दायाँबायाँ गर्दिनँ । बक्यौता उठाउन खोज्दा राजनीति गर्‍यो भन्नु गलत हो’, उनले भने, ‘बक्यौता उठाएर प्राधिकरणलाई बलियो बनाउनु राजनीति होइन र हुँदैन ।’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ५३ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण