रूसद्वारा किएभमा मिसाइल र ड्रोन आक्रमण « Khabarhub

रूसद्वारा किएभमा मिसाइल र ड्रोन आक्रमण


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ । 

राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेको एएफपीले जनाएको छ । किएभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागीका तस्बिरहरू देखाएका छन् ।  

क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेको ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताएका छन् । अधिकारीहरूले किएभ नजिक मिसाइलहरू आइरहेको जानकारी दिँदै गर्दा धेरै वटा हवाई आक्रमणको साइरन बजिरहेको सुनिएको थियो । 

युक्रेनी सहरहरू खासगरी दक्षिणमा बढ्दो आक्रमणको एक हप्तापछि यो आक्रमण भएको हो। एक दिनअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा भएको रूसी हमलामा ३२ वर्षीया आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो ।

युक्रेनले महिनाौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूलाई सहर र महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ०४ बजे

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

बगदाद- एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने