यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै « Khabarhub

यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालविरुद्व ब्याटिङ गरिरहेको छ । 

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो । 

एसिया छनोटअन्तर्गत नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपाल चार खेलमा जित तथा एउटामा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । 

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । 

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । नेपालले यु–१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ०९ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत