हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू) « Khabarhub

हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू)


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका सवारी चालक, त्यसै पनि अटेरी गर्छन्, पैदलयात्री र साइकल यात्रीलाई हेप्नुसम्म हेप्छन् ।

लेनको पालना र हर्न निषेधित क्षेत्रको बेवास्ता गर्ने सवारी चालकहरू जेब्राक्रसमा बाटो काटिरहेका यात्रीलाई समय दिँदैनन्, बरु कान फुट्ने गरी हर्न बजाउँछन्, सवारीको गति नघटाई हुँइिकन्छन् ।

सडक अनुशासन फिटिक्कै नभएका चालकहरूसामु मेटिएको जेब्रा क्रसिङमा बाटो काटिरहेका पैदल यात्रीले कति सुरक्षित महसुस गर्लान् ?

पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनेर काठमाडौं उपत्यकामा विभिन्न चोकमा बनाइएका जेब्रा क्रसिङ पनि अहिले मेटिएर गएका छन् ।

ती मेटिएका जेब्र क्रसमा रंग लगाउन न त संघीय सरकारको चासो छ, न प्रदेश सरकारले नै मतलब गरेको छ।

उता सडकका नाममा विवादमा उत्रिने काठमाडौं महानगरपालिका र सडक विभागले पनि पैदल यात्रुको सुरक्षामा चासो दिएका छैनन् । ट्राफिक प्रहरी महाशाखा पनि चिट काट्न व्यस्त छ ।

जेब्राक्रस सडक पार गर्न बनाइने महत्त्वपूर्ण संकेत हो, जहाँबाट पैदल यात्रीले सुरक्षित रूपमा हिँड्न पाउँछन् । तर तिनै जेब्रा क्रसिङको संकेत अहिले काठमाडौंको सडकमा भेट्न मुश्किल छ ।

काठमाडौंको प्रमुख पर्यटकीयस्थल, प्रमुख व्यापारिक केन्द्र न्यूरोड, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरूबाट अहिले जेब्रा क्रसिङ गायब भएका छन् ।

त्यहीकारण मेटिएको जेब्रा क्रसिङबाट जोखिम मोल्दै  पैदल यात्रुले बाटो काट्नु पर्ने अवस्था आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ४३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको