हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू) « Khabarhub

हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू)


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका सवारी चालक, त्यसै पनि अटेरी गर्छन्, पैदलयात्री र साइकल यात्रीलाई हेप्नुसम्म हेप्छन् ।

लेनको पालना र हर्न निषेधित क्षेत्रको बेवास्ता गर्ने सवारी चालकहरू जेब्राक्रसमा बाटो काटिरहेका यात्रीलाई समय दिँदैनन्, बरु कान फुट्ने गरी हर्न बजाउँछन्, सवारीको गति नघटाई हुँइिकन्छन् ।

सडक अनुशासन फिटिक्कै नभएका चालकहरूसामु मेटिएको जेब्रा क्रसिङमा बाटो काटिरहेका पैदल यात्रीले कति सुरक्षित महसुस गर्लान् ?

पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनेर काठमाडौं उपत्यकामा विभिन्न चोकमा बनाइएका जेब्रा क्रसिङ पनि अहिले मेटिएर गएका छन् ।

ती मेटिएका जेब्र क्रसमा रंग लगाउन न त संघीय सरकारको चासो छ, न प्रदेश सरकारले नै मतलब गरेको छ।

उता सडकका नाममा विवादमा उत्रिने काठमाडौं महानगरपालिका र सडक विभागले पनि पैदल यात्रुको सुरक्षामा चासो दिएका छैनन् । ट्राफिक प्रहरी महाशाखा पनि चिट काट्न व्यस्त छ ।

जेब्राक्रस सडक पार गर्न बनाइने महत्त्वपूर्ण संकेत हो, जहाँबाट पैदल यात्रीले सुरक्षित रूपमा हिँड्न पाउँछन् । तर तिनै जेब्रा क्रसिङको संकेत अहिले काठमाडौंको सडकमा भेट्न मुश्किल छ ।

काठमाडौंको प्रमुख पर्यटकीयस्थल, प्रमुख व्यापारिक केन्द्र न्यूरोड, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरूबाट अहिले जेब्रा क्रसिङ गायब भएका छन् ।

त्यहीकारण मेटिएको जेब्रा क्रसिङबाट जोखिम मोल्दै  पैदल यात्रुले बाटो काट्नु पर्ने अवस्था आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको