बङ्गलादेश : आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद | Khabarhub Khabarhub

बङ्गलादेश : आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालीन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत गएकी थिइन् । उनले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराएकी थिइन्। 

आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए ।

सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुकहरू संकलन गर्ने अभियान नै चलाएको थियो । 

कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली संकलन गरिएको छ।

हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना)लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : २० बजे

नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा

काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो

रुपन्देही जिल्ला अदालतमा रवि माथिको थुनछेक बहस  

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस

जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का 

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)को

उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना

काठमाडौं – अहिले फक्स न्युजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन – भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको