‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’ « Khabarhub

‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तेस्रो प्रधानमन्त्रीत्व कार्यकाललाई १८ महिनासम्म टिकाउन सकेकोमा खुसी व्यक्त गरेका छन् ।

बुधबार ‘प्रचण्डपथः सडक कि सत्ता’ विषयक कान्तिपुर कन्क्लेभलाई सम्बोधनका क्रममा प्रचण्डले धेरै दिन टिक्लाजस्तो नलागे पनि आफू नेतृत्वको सरकार १८ महिना टिकेर सफल भएको बताए ।

‘मैले राम्रो काम गर्न सक्छौँ या सक्दैनौँ भनेर काम सुरु गरेको थिएँ । तर १८ महिनामा केही राम्रो काम गरेँ । मैले प्रधानमन्त्रीको शपथ लिँदा मलाई यस पटक चुनौती र अवर दुवै रहेको ठानेको थिएँ । म राम्रो गर्ने प्रयास गर्छु, नराम्रो गर्दिनँ भनेँ । सरकार कति दिन टिक्छ थाहा थिएन । एक दुई महिनामै जानसक्नेतर्फ पनि सचेत नै थिएँ । मेरो त ३२ सिट मात्रै थियो नि’, उनले भने, ‘जादु भने पनि म्याजिक भने पनि रियालिटी त्यही हो । त्यसकारण धेरै टिक्लाजस्तो लाग्दैन थियो । एक महिना भए पनि राम्रो गरेर छोड्छु, दुई महिना भए पनि राम्रो गरेर छोड्छु भनेकJ थिएँ । १८ महिना टिक्नु ठूलो कुरा भयो । त्यो १८ महिना मूलभूत रुपमा सफल भयो ।’

प्रचण्डले त्यस क्रममा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेता र प्रधानमन्त्री जहाँ जाँदा पनि विरोध र कालो झण्डा भेटिरहेको पनि बताए ।

तर आफूले भने जहाँ जाँदा पनि जनताको माया र सम्मान पाइरहेको दाबी गरे । प्रचण्डले साँच्चिकै परिवर्तन चाहेको थियो भन्ने जनताले बुझेको जिकिर उनले गरे ।

‘अहिले तपाईंले हेर्नुभयो भने दुईतिहाइवाला साथीहरू जनताबीचमा जाँदा कालो झण्डा र नाराबाजी भएको छ । म बाढीपहिरो पीडित जनतामाझ गएँ । त्यहाँ जनताको ठूलो माया र सम्मान पाएँ । जनताले अहिले प्रचण्ड सच्याउन खोजेकै हो भन्ने बुझेका छन्,’ दाहालले भने ।

प्रचण्डले विगतमा केही हदसम्म माओवादीहरू बिग्रिएको स्वीकार गरे । उनले भेडा र सिंहको कथा सुनाउँदै आफूहरू पनि भेडाको हुलमा हिँड्दा त्यस्तै बन्न लागेको बताए ।

अब माओवादीहरू सँच्चिने र भेडाहरूको भीडमा नमिसिने उनले बताए । दाहालले भने, ‘हामी माओवादीहरू त्यस्तै (सिंहजस्तै) थियौँ । भेडासँग हिँदाहिँड्दा अलिअलि भ्याभ्या गर्न थालियो । अब नगर्ने विचार छ मेरो,’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ०१ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु