पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग « Khabarhub

पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव समेत रहेका कैलालीको गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासङ्घले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको हो । महासङ्घले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

“घटनाको अनुसन्धानका लागि महासङ्घले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ, मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ, टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : २१ बजे

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने