रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाघसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ « Khabarhub

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाघसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताएका छन् ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदै भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताएका छन् । ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मानिसले आफ्नो मौलिक चरित्र गुमाए पछि दम्भी र घमण्डी हुने भट्टराईको दाबी छ । ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि, ऊ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरूको अस्तित्व अस्वीकार गर्छ’, उनले उल्लेख गरेका छन् ।

सिंहको चरित्र लोकतन्त्रले नस्विकार्ने उनले उल्लेख गरेका छन् । ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : ४० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी