भारत रुसको वास्तविक साझेदार : पुटिन « Khabarhub

भारत रुसको वास्तविक साझेदार : पुटिन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई वास्तविक साझेदारको संज्ञा दिएका छन् ।

रुसको सोचीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले दशकौँदेखि भारत आफ्नो मुलुकको वास्तविक साझेदारका रुपमा रहेको टिप्पणी गरे ।

उनले भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र बनाउन तत्कालीन सोभियत संघले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल आएर दुई मुलुकबीच सबै क्षेत्रमा सहकार्य अभिवृद्धि भइरहेको बताए ।

रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले दुई मुलुकबीचको सम्बन्ध वर्तमानको यथार्थमा आधारित रहेको टिप्पणीसमेत गरे ।

उनले दुई मुलुकबीचको व्यापार ६० अर्ब डलर पुगेको उल्लेख गरे । डेढ अर्ब जनसङ्ख्या रहेको मुलुक भारत विश्वका शक्तिशाली मुलुकको सूचीमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : २८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२