पाकिस्तानमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेका ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेका ४ जनाको मृत्यु


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षाकर्मीसँगको मुठभेढमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको मुसा खेल क्षेत्रमा पाकिस्तानको प्रतिआतंकवाद विभागका सुरक्षाकर्मीसँगको मुठभेढमा उनीहरुको मृत्यु भएको हो ।

यसरी मारिनेमा मुहम्मद नवाज बुजदर, गुलाम बुजदर र जफार मारी रहेका छन् । चौथो व्यक्तिको पहिचान भने खुल्न बाँकी रहेको जनाइएको छ । उनीहरुलाई केही समयअघि सुरक्षा बलले नियन्त्रणमा लिएर बेपत्ता पारेको बलोचिस्तान पोस्टले जनाएको छ ।

मुहम्मद नवाज बुजदरलाई गत सेप्टेम्बर १० मा लोरालाई क्षेत्रबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए भने जफार मारी र गुलाम बुजदरलाई राराशाम क्षेत्रबाट गत अक्टोबर २ मा नियन्त्रणमा लिइएको थियो । बन्धक बनाएका व्यक्तिलाई सुरक्षाकर्मीले हत्या गरेर मुठभेढको नाटक रचेको मानव अधिकारवादी संस्थाहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ४७ बजे

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,