सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ « Khabarhub

सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामूहिक बलात्कार गरेको आरोपमा बंगलादेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गाजिपुर क्षेत्रमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

पक्राउ पर्नेमा अब्दुर रहमान बताउने २८ वर्षीय वाङ झाओ याङ र ४५ वर्षीय वाङ झाओफेङ रहेका छन् । गाजिपुरको कशिमपुरमा अर्का चिनियाँ नागरिक ४१ वर्षीय याङ जिङसँगै उनीहरु भाडामा बस्दै आएका थिए ।

सो क्षेत्रमा बस्दै गर्दा वाङ झाओ याङले एक जना सम्बन्धविच्छेद भएकी महिलासँग विवाह गरेका थिए । विवाह गरेको तीन महिनापछि उनले साथीसँग मिलेर आफ्नै श्रीमतीमाथि बलात्कार गरेको जनाइएको छ ।

बंगलादेशबाट भागेर चीन जान लागेका बेला उनीहरुलाई राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई पक्राउ गरी गाजिपुरमा रहेको महानगरीय अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ०५ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,