सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ « Khabarhub

सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामूहिक बलात्कार गरेको आरोपमा बंगलादेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गाजिपुर क्षेत्रमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

पक्राउ पर्नेमा अब्दुर रहमान बताउने २८ वर्षीय वाङ झाओ याङ र ४५ वर्षीय वाङ झाओफेङ रहेका छन् । गाजिपुरको कशिमपुरमा अर्का चिनियाँ नागरिक ४१ वर्षीय याङ जिङसँगै उनीहरु भाडामा बस्दै आएका थिए ।

सो क्षेत्रमा बस्दै गर्दा वाङ झाओ याङले एक जना सम्बन्धविच्छेद भएकी महिलासँग विवाह गरेका थिए । विवाह गरेको तीन महिनापछि उनले साथीसँग मिलेर आफ्नै श्रीमतीमाथि बलात्कार गरेको जनाइएको छ ।

बंगलादेशबाट भागेर चीन जान लागेका बेला उनीहरुलाई राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई पक्राउ गरी गाजिपुरमा रहेको महानगरीय अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ०५ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र