गुजरातको अर्थतन्त्र ३.५ ट्रिलियन डलर पुर्‍याउने गरी काम भइरहेको छ : मुख्यमन्त्री पटेल « Khabarhub

गुजरातको अर्थतन्त्र ३.५ ट्रिलियन डलर पुर्‍याउने गरी काम भइरहेको छ : मुख्यमन्त्री पटेल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले सन् २०४७ सम्ममा आफ्नो राज्यको अर्थतन्त्र ३.५ ट्रिलियन डलर बराबर पुर्‍याउने गरी काम भइरहेको जनाएका छन् ।

औद्योगिक घरानाका प्रतिनिधिलाई सम्बोधन गर्दै मुख्यमन्त्री पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको विकसित भारतको परिकल्पनालाई साकार पार्न आफूले काम गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले सन् २०४७ सम्म भारतलाई विकसित मुलुकको दाँजोमा पु¥याउने परिकल्पना गरेका छन् । सन् २०४७ मा भारतले स्वतन्त्रता पाएको १ सय वर्ष पूरा हुँदैछ ।

उनले सरकारले अघि सारेका उद्योगमैत्री नीति कार्यक्रमबाट गुजरातमा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी पनि भित्रिरहेको जानकारी दिए । उनले पछिल्लो समय गुजरातमा सेमिकण्डक्टर, हरित हाइड्रोजन र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानी बढिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : ५९ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा