हेलिकप्टरबाट गर्भवतीको उद्धार « Khabarhub

हेलिकप्टरबाट गर्भवतीको उद्धार


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लमजुङ – दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु(याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको उनले जानकारी दिए ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशमा सुत्केरी हुन नसकेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा हेलिकप्टर उपलब्ध गराउँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए । उनका अनुसार हाल चिकित्सकको निगरानीमा सो सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ०४ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त