कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको चुनौती : अन्तिम ओभरमा विकासले लिए तीन विकेट « Khabarhub

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको चुनौती : अन्तिम ओभरमा विकासले लिए तीन विकेट


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको चुनौती दिएको छ।

पूरै २० ओभर खेल्दै कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले सुरुमा कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। ३० बलको सामना गरेका उनले तीन चौका र तीन छक्का हिर्काए। २२ बलको सामना गरेका बाबर हयात एक चौका र एक छक्काको मद्दतमा २० रन बनाएर आउट भए।

देव खनाललाई तीन रनमा गुमाएको कर्णालीले गुल्सन झालाई ८ रनमै गुमाएको हो। कर्णालीका चाडविक वाल्टन १३ रनमै आउट भएको खेलमा अजुन घर्तीले २५ रन जोडे।

लुम्बिनीका लागि अन्तिम ओभरमा विकाश आग्रीले चमत्कारिक बलिङ गरे। उनले एउटै ओभरमा मात्र तीन रन दिएर तीन विकेट हात पारे। लुम्बिनीका लागि तिलक भण्डारीले दुई विकेट लिए भने रोहित पौडेल, रामोन सिमन्ड्स र साद बिन जफरले एकएक विकेट हात पारे।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ३५ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको