पाँच राजदूत नियुक्त, को कहाँ ?  | Khabarhub Khabarhub

पाँच राजदूत नियुक्त, को कहाँ ? 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच देशका लागि नेपालका राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ती राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।

उनले खबरहबलाई भनिन, ‘स्पेनका लागि सनिल नेपाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र बेल्जियमका लागि सेवा लम्साल राजदूत नियुक्त हुनुभएको छ ।’

उनीहरूलाई संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन्‌ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : ०३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले