माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ | Khabarhub Khabarhub

माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठकले माओवादी सत्तातिर  होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको बताइएको छ ।

आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीले उत्साहजनक मत ल्याएको निष्कर्ष निकालेको छ ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह निर्वाचनले  दुई दलीय व्यवस्थातर्फ देश जान नसक्ने सन्देश दिएको समेत बताए ।

माओवादी पार्टी सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको छ । प्रवक्ता सापकोटाले भने, ‘ यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश पनि देखिएको छ ।’

सापकोटाका अनुसार पुस २१ गते देखि  पार्टीले  केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको छ ।

आजको बैठकमा थोरै मेहनत गरेको भए कीर्तिपुरको निर्वाचन समेत जितिने आकलन नेताहरूले गरेका छन् ।

यस्तै आधार इलाकामा पनि जनताका कुरा सुन्न नेताहरू पुगिरहे माओवादीप्रति जनता खुसी रहने छलफल चलेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ०५ बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक