मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री  « Khabarhub

मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विद्युत बिस्तार, खानेपानीलगायत बिस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताएका हुन् ।

केही मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई ओझेलमा पार्न नहुने भन्दै उनले विकासका कामलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरे ।

उनले अहिले असभ्यताको प्रवृत्ति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने धारणा राखे ।

उनले राष्ट्रिय एकता कायम गरी देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पारे  । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ४३ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक