विराटनगर भर्सेस चितवन : सन्दीपको पहिलो दुई विकेट, एक बलमै १५ रन | Khabarhub Khabarhub

विराटनगर भर्सेस चितवन : सन्दीपको पहिलो दुई विकेट, एक बलमै १५ रन


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २३औं खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले ५१ रनको सहज जित निकाल्यो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर विराटनगरले पहिलो इनिङमा ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विराटनगरले चितवनलाई १८२ रनको चुनौती दियो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा रोकिएपछि खेल विराटनगरले जित्यो ।

बसिरको अर्धशतक

चितवन विरुद्धको खेलमा विराटनगरबाट सबैभन्दा बढी रन बसिर अहमदले जोडे । ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६८ रन जोड्दै बसिरले अर्धशतक पूरा गरे ।

जारी प्रतियोगितामा बसिर अर्धशतक प्रहार गर्ने सोह्रौं खेलाडी हुन् । प्रतियोगितामा यो अठारौं अर्धशतक हो । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवनका रवि बोपाराले समान २-२ अर्धशतक प्रहार गरिसकेका छन्‌ ।

मार्टिन गुप्टिल, लाहिरु मिलन्था, अनिल साह, दीपेन्द्रसिंह ऐरी, शिखर धवन, लोकेश बम, ब्रान्डन म्याकमुल्लेन, दिनेश खरेल, सैफ जाइब, विवेक यादव, देव खनाल, विलियम बिसिस्टो र हसन इसाखाइल जारी प्रतियोगितामा अर्धशतक प्रहार गरिसकेका खेलाडी हुन्‌ ।

फाइल फोटो / तस्बिर : चिरायु शाक्य

सन्दीपको पहिलो दुई विकेट

विराटनगरका मार्की खेलाडी कप्तान सन्दीप लामिछाने एनपीएलमा सहभागी अनुभवी बलरमध्ये एक हुन् । उनीसँग इन्डियन प्रिमियर लिग (आइपीएल)सहित विभिन्न चर्चित लिग खेलेको अनुभव छ ।

तर, एनपीएलमा सन्दीपको बलिङ चलेको छैन । विराटनगरले खेलेका सबै ६ खेलमा उनले बलिङ गरेका छन् ।

उनी चार खेलमा विकेटविहीन भए । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्ससँगको खेलमा उनी विकेटविहीन रहे ।

विराटनगरको तेस्रो खेल अर्थात् लुम्बिनीविरुद्ध सन्दीपले विकेटको खाता खोले । त्यस खेलमा उनले साद बिन जफरको विकेट लिएका हुन् ।

शुक्रबार (आज) चितवनसँगको खेलमा भने सन्दीपले दुई विकेट लिए । उनले चितवनका ओपनर सन्तोष कार्की र बसिल हमिदको विकेट लिएका हुन् ।

सन्दीपले ६ खेलमा एक ओभर पनि मेडन फ्याँक्न सकेका छैनन् ।

एक बलमा १५ रन

विराटनगरका बसिर अहमदले एक बलमा १५ रन जोडे । यो आफैँमा अनौठो संयोग हो । चितवनका अमर रौटेलाको बलमा उनले १५ रन जोडका हुन् ।

यो संयोग १० ओभरको अन्तिम बलमा भएको हो । रौटेलाले १० ओभरको अन्तिम बलिङ गर्ने क्रममा ‘नो बल’ फ्याँके । उक्त ‘नो बल’लाई बसिरले छक्का प्रहार गरे । नो बलको एक रन र छक्का जोडेर उनले सात रन जोडे ।

नो बल ओभरमा गणना नहुने भएकाले रौटेलले पुनः बलिङ गरे । दोस्रोपटक पनि नो बल फ्याँक्दा बसिरले कुदेर दुई रन लिए । नो बलको एक रन र कुदेको दुई रन गरी थप तीन रन बन्यो ।

तेस्रो पटक पनि रौटेलाले नो बल फ्याँके । बसिरको खातामा थप एक रन थपियो । १० ओभरको अन्तिम बलका लागि चौथो पटक रौटेलाले बलिङ गर्दा बसिरले चौका प्रहार गरे । जुन बल ओभरमा गणना भयो ।

एक बलका लागि रौटेलाले चार पटक बलिङ गर्दा बसिरले क्रमशः ७, ३, १ र ४ रन हाने । यसरी बसिरले ओभरमा गणना हुने एक बलमा १५ रन जोडेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ४१ बजे

पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा

खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।