विराटनगर भर्सेस चितवन : सन्दीपको पहिलो दुई विकेट, एक बलमै १५ रन « Khabarhub

विराटनगर भर्सेस चितवन : सन्दीपको पहिलो दुई विकेट, एक बलमै १५ रन


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २३औं खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले ५१ रनको सहज जित निकाल्यो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर विराटनगरले पहिलो इनिङमा ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विराटनगरले चितवनलाई १८२ रनको चुनौती दियो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा रोकिएपछि खेल विराटनगरले जित्यो ।

बसिरको अर्धशतक

चितवन विरुद्धको खेलमा विराटनगरबाट सबैभन्दा बढी रन बसिर अहमदले जोडे । ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६८ रन जोड्दै बसिरले अर्धशतक पूरा गरे ।

जारी प्रतियोगितामा बसिर अर्धशतक प्रहार गर्ने सोह्रौं खेलाडी हुन् । प्रतियोगितामा यो अठारौं अर्धशतक हो । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवनका रवि बोपाराले समान २-२ अर्धशतक प्रहार गरिसकेका छन्‌ ।

मार्टिन गुप्टिल, लाहिरु मिलन्था, अनिल साह, दीपेन्द्रसिंह ऐरी, शिखर धवन, लोकेश बम, ब्रान्डन म्याकमुल्लेन, दिनेश खरेल, सैफ जाइब, विवेक यादव, देव खनाल, विलियम बिसिस्टो र हसन इसाखाइल जारी प्रतियोगितामा अर्धशतक प्रहार गरिसकेका खेलाडी हुन्‌ ।

फाइल फोटो / तस्बिर : चिरायु शाक्य

सन्दीपको पहिलो दुई विकेट

विराटनगरका मार्की खेलाडी कप्तान सन्दीप लामिछाने एनपीएलमा सहभागी अनुभवी बलरमध्ये एक हुन् । उनीसँग इन्डियन प्रिमियर लिग (आइपीएल)सहित विभिन्न चर्चित लिग खेलेको अनुभव छ ।

तर, एनपीएलमा सन्दीपको बलिङ चलेको छैन । विराटनगरले खेलेका सबै ६ खेलमा उनले बलिङ गरेका छन् ।

उनी चार खेलमा विकेटविहीन भए । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्ससँगको खेलमा उनी विकेटविहीन रहे ।

विराटनगरको तेस्रो खेल अर्थात् लुम्बिनीविरुद्ध सन्दीपले विकेटको खाता खोले । त्यस खेलमा उनले साद बिन जफरको विकेट लिएका हुन् ।

शुक्रबार (आज) चितवनसँगको खेलमा भने सन्दीपले दुई विकेट लिए । उनले चितवनका ओपनर सन्तोष कार्की र बसिल हमिदको विकेट लिएका हुन् ।

सन्दीपले ६ खेलमा एक ओभर पनि मेडन फ्याँक्न सकेका छैनन् ।

एक बलमा १५ रन

विराटनगरका बसिर अहमदले एक बलमा १५ रन जोडे । यो आफैँमा अनौठो संयोग हो । चितवनका अमर रौटेलाको बलमा उनले १५ रन जोडका हुन् ।

यो संयोग १० ओभरको अन्तिम बलमा भएको हो । रौटेलाले १० ओभरको अन्तिम बलिङ गर्ने क्रममा ‘नो बल’ फ्याँके । उक्त ‘नो बल’लाई बसिरले छक्का प्रहार गरे । नो बलको एक रन र छक्का जोडेर उनले सात रन जोडे ।

नो बल ओभरमा गणना नहुने भएकाले रौटेलले पुनः बलिङ गरे । दोस्रोपटक पनि नो बल फ्याँक्दा बसिरले कुदेर दुई रन लिए । नो बलको एक रन र कुदेको दुई रन गरी थप तीन रन बन्यो ।

तेस्रो पटक पनि रौटेलाले नो बल फ्याँके । बसिरको खातामा थप एक रन थपियो । १० ओभरको अन्तिम बलका लागि चौथो पटक रौटेलाले बलिङ गर्दा बसिरले चौका प्रहार गरे । जुन बल ओभरमा गणना भयो ।

एक बलका लागि रौटेलाले चार पटक बलिङ गर्दा बसिरले क्रमशः ७, ३, १ र ४ रन हाने । यसरी बसिरले ओभरमा गणना हुने एक बलमा १५ रन जोडेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ४१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको