९ हजार पत्रकारको निर्वाचन : कांग्रेस–एमाले मिल्दा पनि निर्मलालाई डर ? | Khabarhub Khabarhub

९ हजार पत्रकारको निर्वाचन : कांग्रेस–एमाले मिल्दा पनि निर्मलालाई डर ?

चुनावमा देखिएन उत्साह, देशैभरि कम मतदान


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरिका ९ हजार ३८३ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि शुक्रबार ७ वटै प्रदेशबाट मतदान सम्पन्न भएको छ । बिहान १० देखि ४ बजेसम्म भएको मतदानको परिणाम भने अहिलेसम्म मतपेटिकाभित्रै कैद छ । चुनावी परिणामका लागि केही समय कुर्नुपर्ने भएको छ ।

यसपालि पत्रकारहरुको चुनावमा रोचक पक्ष के देखिएको छ भने सरकारमा रहेका दुई ठूला पार्टी कांग्रेस र एमालेले गठबन्धन गरेर निर्मला शर्माको नेतृत्वमा साझा उम्मेदवार खडा गरेका छन् । कांग्रेस एमाले–गठबन्धनबाट महासचिवमा रामप्रसाद दाहाल उठेका छन् । अध्यक्ष एमालेले र महासचिव कांग्रेसले लिने गरी सत्तापक्षबीच गठबन्धन बनेको हो ।

विभिन्न जिल्लामा कांग्रेस र एमालेको राजनीतिक संयन्त्रका तर्फबाट प्रेस विज्ञप्ति नै जारी गरेर गठबन्धनका पक्षमा मतदान गर्न भनिएकाले यसपालिको चुनावमा सत्ताधारी दलहरुको प्रत्यक्ष हस्तक्षेप देखिएको छ, जसले पत्रकार महासंघजस्तो साझा संस्थाले दलभन्दा माथि उठेर चौथो अंगको हितमा कसरी काम गर्ला भन्ने प्रश्न जन्मिएको छ ।

विपक्षी पनि के कम ? कांग्रेस र एमालेले जस्तै माओवादीले पनि आफू निकटको भातृ संगठनलाई मैदानमा उतारेर महासंघको चुनावलाई राजनीतिक प्रतिष्ठानको विषय बनाएको छ ।

माओवादीका तर्फबाट रोशन पुरी बरिष्ठ उपाध्यक्षमा र लेखनाथ न्यौपाने महासचिवमा उठेका छन् । माओवादीसँग मिलेर कांग्रेस–एमालेको गठबन्धनबाट विद्रोह गरेका रमेश विष्टले अध्यक्षमा गठबन्धन उम्मेदवार निर्मला शर्मालाई चुनौती दिएका छन् ।

ठूला दलका ‘प्रोक्सी’ उम्मेदवारहरुसँग अध्यक्षमा देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि प्रतिस्पर्धा गरेका छन् । तर, अध्यक्ष पदमा शर्मा र विष्टबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

गठबन्धन गर्दा पनि शर्मालाई डर ?

कांग्रेस र एमालेका भातृ संगठन प्रेस युनियन र प्रेस चौतारीले देशैभरि गठबन्धन गरेर चुनाव लड्दा पनि निर्मला शर्माले हार्ने पो हुन् कि भन्ने डर सत्तापक्षका पत्रकारहरुमा देखियो । मतदानस्थलमा भेटिएका चौतारी र युनियनका केही नेताहरु भन्दै थिए, ‘अध्यक्षमा कडा प्रतिस्पर्धा हुनेजस्तो देखियो । गठबन्धन भए पनि क्रस भोटिङ बढी भएको जस्तो देखिन्छ ।’

सरकारमा रहेका कांग्रेस र एमालेले पत्रकार महासंघको चुनावमा गठबन्धन बनाउनुले उनीहरु एक्ला–एक्लै चुनाव लड्न सक्षम छैनन् भन्ने सन्देश दिएको छ । अब नतिजा आउँदा सत्ता गठबन्धनका उम्मदेवारले जिते त ठिकै छ, हारेको खण्डमा भने त्यसले सत्तारुढ दलहरुलाई लज्जाजनक स्थितिमा पुर्‍याउने विश्लेषण कतिपय पत्रकारहरुको छ ।

पत्रकार महासंघको नेतृत्वले दिएको जानकारीअनुसार यसपालिको चुनावमा विगतको जस्तो उत्साह देखिएन । महासंघको चुनावप्रति पत्रकारको आकर्षण कम देखिएका कारण कम मत खसेको अनुमान छ । यद्यपि देशभरिबाट कति प्रतिशत मत खस्यो भन्नेबारे महासंघले राति ८ बज्दासम्म औपचारिक सूचना दिएको छैन ।

कम प्रतिशत मतदान भएको अवस्थामा त्यसले सत्ता गठबन्धनका उम्मेद्वारलाई घाटा लाग्न सक्ने युनियन सम्वद्ध एक पत्रकारले बताए ।

यसैवीच इलाम, तेह्रथुम लगायतका जिल्लाहरुबाट शुक्रबार साँझदेखि नै जिल्ला शाखाको चुनावी परिणाम आउन थालिसकेको छ ।

मतदाता कहाँ कति ?

नेपाल पत्रकार महासंघले निकालेको मतदाता सूची हेर्दा देशभरिका कुल मतदाता ९ हजार ३८३ रहेको देखिन्छ । यसमध्ये धेरै जिल्लामा नयाँ सदस्यहरु थपिएका छन् । लामो समय सदस्यता विवाद चर्किएको र माओवादीले धेरै मतदाता थपेको चर्चा छ ।

सबैभन्दा बढी मतदाता काठमाडौंमा छन् । प्रदेशगत हिसाबले हेर्दा कोशीमा सबैभन्दा बढी मतदाता छन् । एशोसिएटका नाममा विभिन्न संस्थाहरुमा मतदाता उल्लेख्य रहेकाले त्यसले पनि मत परिणाामलाई प्रभावित पार्ने देखिएको छ ।

त्यसैगरी कर्पोरेट शाखाहरुमा पनि कतिपय बन्द भइसकेका सञ्चार प्रतिष्टानमा समेत उल्लेख्य मतदाता रहेका छन् । ती मतदाताले कसलाई भोट हाल्छन् भन्ने स्पष्ट नभएकाले चुनावी परिणामको तत्काल आकलान गर्न गाह्रो छ ।

प्रेस युनियन र प्रेस चौतारीले नै गठबन्धन गरेको हुनाले गठबन्धनकै उम्मेदवारहरुले जित्ने अनुमान लगाउन सकिन्छ । तर, दलले गरेको गठबन्धन पत्रकारहरुले कति माने ? यो चाहिँ मत परिणाम सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।

यो पनि-

सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो

प्रदेशगत आधारमा मतदाता – (कुल ९३८३)

कोशी– १२४४
मधेस–७७२
बागमती–९५०
गण्डकी– ६९२
लुम्बिनी– ११५७
कर्णाली– ६९३
सुदूरपश्चिम– ७४८
उपत्यका– १५७५
एशोसिएट– ६८१
कर्पोरेट शाखा– ८७१

उपत्यकाका मतदाता – (कुल १५७५)
काठमाडौं– १०६४
ललितपुर– ३६५
भक्तपुर– १४६

एशोसिएटतर्फका मतदाता (कुल ६८१)

चलचित्र पत्रकार संघ– १२८
नेपाल पत्रकार मञ्च– १६३
खेलकूद पत्रकार मञ्च–१०७
अनलाइन पत्रकार संघ–६९
पत्रकारिता अनुसन्धान तथा विकास मञ्च– ६७
फोटो जर्नालिस्ट क्लब– ५३
चलचित्र समीक्षक समाज–२४
कार्टुनिष्ट क्लब–३२
पर्यटन पत्रकार मञ्च– १९
पत्रकार विकास समाज– १९

कर्पोरेट शाखाका मतदाता (कुल ८७१)

कान्तिपुर–७९
गोरखापत्र– ५०
अन्नपूर्ण पोष्ट– २७
नयाँपत्रिका–२६
राजधानी दैनिक–१६
कारोबार शाखा– १५
दि हिमालयन टाइम्स– ३
सौर्य प्रतिष्ठान– १६
रिपब्लिका शाखा– २८
हिमाल मिडिया–२३
हिमालय टाइम्स–४०
नेपाल टेलिभिजन–८६
एभीन्युज टीभी– २२
च्यानल नेपाल–१६
एबीसी टीभी–१७
कान्तिपुर टीभी–१२
न्युज–२४ टीभी – २४
हिमालय टीभी–१५
इमेज च्यानल–२२
रासस–४४
स्वतन्त्र समाचार सेवा– ३७
न्युज बैंक प्रतिष्ठान–१५
रेडियो नेपाल– ४१
रेडियो मिर्मिरे –२२
एन्टेना फाउन्डेसन–७
सामुदायिक सूचना नेटवर्क–२२
कम्युनिकेसन्स कर्नर–१५
रेडियो थाहा सञ्चार–२८
रेडियो राजधानी– ९
रेडियो सगरमाथा– ९
आउटलाइन– ८
नेपालवाणी नेटवर्क– २१
नेपाल एफएम–१६
मिडिया होम–९
मेरो एफएम–४७
मेट्रो एफएम–१०
माउन्टेन टीभी– ५
कान्तिपुर एफएम–६
गोर्खा एफएम– १

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ०७ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको