सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो | Khabarhub Khabarhub

सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएको छ ।

महासंघ कार्यवाहक अध्यक्ष बाला अधिकारीका अनुसार एसोसिएट र प्रतिष्ठानतर्फको मतगणना शुक्रबार साँझदेखि शुरु भएको छ । काठमाडौं शाखाको मतगणना पनि खाना खाइसकेपछि रातिदेखि नै सुरु गर्ने तयारी छ ।
काठमाडौं जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन् ।

यसैवीच विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रबार साँझ ८ बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ ।

स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

यो पनि-

९ हजार पत्रकारको निर्वाचन : कांग्रेस–एमाले मिल्दा पनि निर्मलालाई डर ?

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : २० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’