सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो « Khabarhub

सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएको छ ।

महासंघ कार्यवाहक अध्यक्ष बाला अधिकारीका अनुसार एसोसिएट र प्रतिष्ठानतर्फको मतगणना शुक्रबार साँझदेखि शुरु भएको छ । काठमाडौं शाखाको मतगणना पनि खाना खाइसकेपछि रातिदेखि नै सुरु गर्ने तयारी छ ।
काठमाडौं जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन् ।

यसैवीच विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रबार साँझ ८ बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ ।

स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

यो पनि-

९ हजार पत्रकारको निर्वाचन : कांग्रेस–एमाले मिल्दा पनि निर्मलालाई डर ?

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : २० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा