पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी | Khabarhub Khabarhub

पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले २३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी प्रविर ददेलले १६ र अमरराज पुनले पाँच मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए ।

आज भएको निर्वाचनमा खुला उपाध्यक्षमा देवकुमार ओली २४ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षका प्रत्यासी दिवस पोखरेलले १४ मत र भरत चन्दले चार मत पाए। सचिवमा दीपेन्द्र महताराले २६ मतसहित विजयी हुँदा परिचन्द्र खत्रीले १७ मत प्राप्त गरे।

साथै महिला उपाध्यक्षमा सुमित्रा केसी, सह–सचिव खुलामा प्रचण्ड खत्री र सह–सचिव समावेशीबाट छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए । दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गनेश विक चिन्तन निर्विरोध निर्वाचित भएका हुन् ।

अहिले प्रदेश शाखाको मतगणना भइरहेको र त्यसपश्चात् केन्द्रको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । आज भएको निर्वाचनमा रुकुम पश्चिममा ६१ मतदाता रहेकामा ४४ मत खसेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ०५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड